१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नक्कली कागजका आधारमा ऋण दिएको आरोपमा बैंकका कर्मचारी पक्राउ

रुपा गहतराज

नेपालगन्ज — राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवन चोक शाखाका थप एक जना कर्मचारी पक्राउ परेका छन् । बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली कागजका आधारमा ऋण दिएको आरोपमा बैंकका कर्मचारी पक्राउ

सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा त्रिभुवन चोक शाखाका कर्मचारी तानिँदै गएका हुन् ।

सरकारी छाप किर्ते र नक्कली कागजपत्र पेस गरेर नेपालगन्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

असार १२ गते नै बैंकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । ऋण लिने जसगढ यसअघि जेठ २७ गते नै पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवक्ता सुवास खड्काले सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैकिङ कसुरको अनुसन्धान थालीने बताए ।

प्रकाशित : असार १८, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?