कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापरबाहीले मृत्यु भएको आरोपमा अस्पतालमा नाराबाजी

रुपा गहतराज

नेपालगन्ज — अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको अरोप लगाउँदै परिवारले नाराबाजी गरेका छन् । शल्यक्रियाका लागि ल्याइएको बिमारीको होस नआएर मृत्यु भएको भन्दै परिवारले नेपालगन्जस्थित वेस्टर्न अस्पताल प्रालि परिसरमा नाराबाजी गरेका हुन् ।

उपचारका लागि आइतबार ल्याइएकी बर्दियाको राजापुर नगरपालिका–१० कोठियाघाटकी ४१ वर्षीया नारायणी कुमारी बोहराको बुधबार बिहान मृत्यु भएको थियो ।

पाठेघरमा पलाएको मासुको मंगलबार ४ बजे शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि होस नखुलेपछि बुधबार बिहान नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो । मेडिकल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरे । ‘वेस्टर्न अप्रेसन गरेपछि बिरामीलाई सास फेर्न गाह्रो भएको जानकारी आयो,’मृतकका भाइ रामगोपाल बोहराले भने, ‘भेन्टिलेटर नभएको अस्पताले किन अप्रेसन गर्‍यो । उपचार लापरबाहीले दिदीको मृत्यु भएको हो ।’ अस्पतालका चिकित्सकले पाठेघरको मासुको डल्लो निकाल्न शल्यक्रिया गरिएको दाबी गरे । ‘पाठेघरमा पलाएको मासु निकाल्न शल्यक्रिया गरेका हौं,’वेस्टर्न अस्पतालका डा.बिनोद थापाले भने, ‘अप्रेसनपछि बिमारीलाई सास फेर्न गाह्रो भयो । अक्सिजन दिँदा पनि होस आएन ।’

प्रकाशित : असार १७, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?