२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बुटवलमा सवारी दुर्घटनामा दुईको मृत्यु

अमृता अनमोल

बुटवल — रुपन्देहीको बुटवलमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको सियारी गाउँपालिका ६ अमुवा बस्ने २२ वर्षीय रोशन गुरुङ र बुटवल उपमहानगरपालिका ११ कालिकानगरका २१ वर्षीय सुशील कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

बुटवलमा सवारी दुर्घटनामा दुईको मृत्यु

सोमबार मध्यराति दुर्घटनामा परेका उनीहरुको उपचारका क्रममा मंगलबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १० रामनगरमा ना ६ ख ६२४ नं. को ट्रक र बा १४ च ६८७९ नं.को भ्यान अचानक ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रकाशित : असार १६, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?