१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्घटनामा बाबुछोराको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सैनामैनामा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सैनामैना वडा ८ शान्तिटोलमा आपसमा ठोक्किएको हो ।

दुर्घटनामा बाबुछोराको मृत्यु

दुर्घटनामा मोटरसाइकलमा सवार सैनामैना वडा १, बनकट्टाका ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेकबहादुरको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेका थिए ।

कार र चालक इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १५, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?