कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बुटवलबाट थप ७ जना डिस्चार्ज

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको कोरोना विशेष अस्पतालबाट सोमबार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसीयू र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

बुटवलबाट थप ७ जना डिस्चार्ज

घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका मधुमेह र निमोनिया समेत देखिएका बिरामी सहित दाङका अर्का १ जना, रुपन्देहीका १, गुल्मीका १, नवलपरासीका २, र कपिलवस्तुका १ जना पुरुष रहेको डा थापाले बताए ।

अहिले अस्पतालको आईसीयूमा २ र आइसोलेसनमा ८ जना बिरामी उपचाररत रहेको उनले बताए । घर पठाइएका बिरामीलाई सेल्फ क्वारेन्टाइनमा बस्न र स्वास्थ्यका नियम पालना गर्न भनिएको उनले बताए ।

प्रकाशित : असार १५, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?