१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धान दिवसमा किसानलाई हाते ट्याक्टर

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — कञ्चन गाउँपालिकाले धान दिवसका अवसरमा २० जना कृषकलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

धान दिवसमा किसानलाई हाते ट्याक्टर

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत कञ्चन गाउँपालिकाको ५ वटै वडाबाट आवेदनका आधारमा छनोट गरी २० जनालाई हाते ट्याक्टर प्रदान गरिएको कञ्चन गाउँपालिका कृषि शाखाका प्राविधिक रामप्रसाद अधिकारीले जानकारी दिए ।

‘परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्न ट्याक्टर वितरण गरिएको हो,’ उनले भने, ‘उचित रुपमा सदुपयोग हुने र यसबाट हुने फाइदा अन्य किसानलाई जानकारी गराउन सके यान्त्रीकरणको उपलब्धि हासिल हुनेछ ।’

कञ्चन गाउँपालिकाको कृषि पद्धतिलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आगामी वर्ष कृषि क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले बताए । ‘आगामी वर्षदेखि युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष बजेट छुट्याएका छौं,’ उनले भने, ‘कञ्चन गाउँपालिकाको समृद्धि यहाँ उत्पादन हुने कृषिजन्य उत्पादनबाट हुने भएकाले आफूले पाएको सुविधाको भरपुर प्रयोग गरी उत्पादन वृद्धि गर्नुपर्छ ।’

कोरोना भाइरसकाका कारण रोजगार गुमाई घर फर्किएका हरेक युवालाई कृषिमा आकर्षित गर्न कञ्चन गाउँपालिकाले कृषिमा अनुदानसहितको बजेट ल्याएको उनले बताए ।

प्रकाशित : असार १५, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?