कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बर्दघाटको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ का ४५ वर्षीय पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार बेलुका स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टाइनमा रहेका ती व्यक्ति दुई दिन अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए । शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले बताए ।

मृतक पुरुषलाई ब्लड प्रेसरको समस्या रहेको बताइएको छ । मृतकको स्वाब संकलन गरेर कोरोना भाइरस संक्रमण भएको हो होइन परीक्षण गरिँदै छ ।

प्रकाशित : असार १४, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?