दुर्घटनामा  रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको निधन

तिलोत्तमा, रुपन्देही — रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति भएको सवारी दुर्घटनामा परि न्युज २४ का संवाददाता कृष्णबाबुको मृत्यु भएको हो ।

दुर्घटनामा  रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको निधन

बुटवलदेखि आफ्नो घर तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलतर्फ जाँदै गर्दा आफैले चलाएको बा ७ च ६९५९ नम्बरको गाडी दुर्घटनामा परि घाइते भएका कृष्णबाबुलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

३० वर्षीय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राति करिब १ बजे मृत्यु भएको हो । सडक किरानाको फलामेबारमा गाडी ठोक्किँदा दुर्घटना भएको थियो ।

पोस्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रकाशित : असार १४, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?