आत्महत्या प्रयास गरेका गायक परियारको मृत्यु

घनश्याम गौतम

रूपन्देही — आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार बस्दै आएका गायक परियार आफ्नै कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्था शुक्रबार फेला परेका थिए ।

आत्महत्या प्रयास गरेका गायक परियारको मृत्यु

झुण्डिएको अवस्थामा देखेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थायी घर भएका उनलाई श्रीमती अजिता र आफ्न्तले रसी काटेर अस्पताल पुर्‍याएका थिए । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या नै गरेको देखिएको र थप अनुसन्धान र सोधपुछ भइरहेको उनले बताए । उनले विभिन्न लोकगीत, तिजगीत, पञ्चेबाजा र सालैजो रोइला गीत बजारमा ल्याएका थिए ।

उनको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

प्रकाशित : असार १२, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?