चेली बेच्नेलाई २० वर्ष जेल

कमल पन्थी

बर्दिया — बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ ।

चेली बेच्नेलाई २० वर्ष जेल

सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार महतोलाई २० वर्ष जेलसहित २ लाख जरिवाना तिराउन जिल्ला अदालतका न्यायाधीश शंकर बरालको इजलासले आदेश दिएको हो । त्यस्तै पीडितलाई जनही एक–एक लाख क्षतिपूर्ति उपलब्ध गराउन फैसलामा उल्लेख छ ।

दुई वर्षअघि महतोले ती महिलालाई ललाई–फकाई बनारस लगेर लटकनियादाईका युवराज सिंहलाई ९० हजारमा बेचेका थिए । उनीसहित नेपालका विभिन्न ठाउँबाट १ सय ५० भन्दा बढी नेपाली चेलीलाई बन्धक बनाएर सिंहको घरमा राखिएको थियो । ती महिलाको उद्धारका लागि बर्दिया प्रशासनको पहलमा बनारसमा एक टोली खटाइएको थियो । त्यहाँबाट महिलाहरूलाई दिल्ली पुर्‍याइएकोमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

प्रकाशित : असार १०, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?