मोस्ट वान्टेड सूचीमा रहेका ‘धर्मासिंह’ पक्राउ 

रुपा गहतराज

बाँके — बाँके प्रहरीले एक दशकदेखि मोस्ट वान्टेड सूचीमा रहेको अभियुक्तलाई पक्राउ गरेको छ । धर्मासिंह उर्फ राजेशकुमार यादवलाई बाँके प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । बाँके प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका फरार अभियुक्त पक्राउ परेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

मोस्ट वान्टेड सूचीमा रहेका ‘धर्मासिंह’ पक्राउ 

विगतमा सशस्त्र भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) समूहमा आबद्ध रहेर बाँकेमा अहपरणगरी हत्या, करणी गरी हत्या, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बम विस्फोट, फिरौती रकम माग गर्ने गरेका घटना उनको संलग्नता पाइएको प्रहरीको भनाइ छ । उनीविरुद्ध पाँच जनाको हत्या गरेको उजुरी प्रहरीमा अहिले पनि छ ।

डुडुवा गाउँपालिका ३ बनकट्टीका यादवलाई उनकै घरबाट मंगलबार विहान ३ बजेतिर पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

‘अघिल्लो राति भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भयौ ’प्रहरी प्रमुख रानाले भने , ‘उनीमाथि दर्जनौं अपराध मुद्दा छन् ’। एक थान तरवार ,चक्कुसहित आफनै घरबाट पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : असार १०, २०७७ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?