२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाल्पा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाकै सनाखत

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–११, बन्दीपोखराको सम्मोबारीमा सोमबार गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको परिचय खुलेको छ ।

पाल्पा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाकै सनाखत

पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी गराए ।

तानसेन–गुल्मी सडकखण्डको तानसेनदेखि ६ किलोमिटर पश्चिम सम्मोबारीमा खसेको पहिरोमा पुरिएर पानी बोक्ने ट्याङ्करमा रहेकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।

पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएका थिए । लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो । सामानले भरिएको ट्रक भीरमै अड्किएको छ । एउटा ठूलो पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको छ । एउटा जीप भने सडक छेउमा अड्किएको छ ।

कार भने सडकमै पुरिएको अवस्था छ । लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यसैबीच सोमबार बिहानदेखि अवरुद्ध बनेको पाल्पा–गुल्मी सडकखण्ड एकतर्फि सुचारु गरिएको छ । पहिरो खसेको २४ घण्टापछि पहिरो पन्छाएर सडक खुलाउन प्रहरी सफल भएको हो । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड पनि एकतर्फी खुलेको छ ।

सम्बन्धित समाचार

पाल्पामा पहिरो : ३ को मृत्यु, ४ वटा सवारी साधन पुरिए

प्रकाशित : असार ९, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?