प्यूठानमा कोरोना संक्रमितको संख्या १६९ पुग्यो

प्यूठान — प्यूठानमा कोरोना संक्रमितको संख्या ढेड सय नाघेको छ  । सोमबार विभिन्न प्रयोशालामा गरिएको परीक्षण रिपोर्टमा ६८ जनामा कोरोना पुष्टि भएको छ ।

प्यूठानमा कोरोना संक्रमितको संख्या १६९ पुग्यो

१ वर्ष देखि ५९ वर्ष उमेर समूहका ६ महिला र ६२ पुरुष गरी सोमबार ६८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

योसँगै जिल्लामा संक्रमितको संख्या १६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । सोमबार रातिसम्म आएको रिपोर्टअनुसार प्यूठान नगरपालिकामा दुई जना स्वास्थ्यकर्मीसहित ४१ जना, स्वर्गद्वारी नगरपालिकामा १२ जना, ऐरावतीमा ८ जना, मल्लरानीमा ५ जना र नौबहिनी गाउँपालिकाका २ जनागरी जम्मा ६८ जनामा कोरोना पुष्टि भएको सुबेदीले बताए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । झिमरुक गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन । स्वास्थ्य कार्यालयका अनुसार प्यूठानका अझै ४७७ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : असार ९, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?