कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खोलाले बगाएर वृद्धाको मृत्यु

माधव अर्याल

पाल्पा — लगातारको वर्षाले पाल्पाको रम्भा गाउँपालिका–१  हुँगीमा खोलाले बगाएर ७० वर्षीया मनकुमारी सारुको सोमबार मृत्यु भएको छ ।

दैनिक उपभोग्य सामाग्री किन्‍न हुँगीको पन्टार आएकी सारुलाई अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाएको थियो ।

सोमबार बिहान खोलाले बगाएर बेपत्ता भएकी सारुको शव कालिगण्डकी नदी किनारमा फेला परेको हुँगी-१का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

खोलामा आएको बाढीले दुई जनालाई बगाएको थियो । अर्की एक महिलालाई भने सकुशल उद्धार गरिएको वडाध्यक्ष रेग्मीले बताए ।

प्रकाशित : असार ८, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?