क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

ठाकुरसिंह थारु

बर्दिया — क्वारेन्टाइनबाट घर फिर्ता पठाइएकै दिन मृत्यु भएका बारबर्दिया नगरपालिकाका एक पुरुषको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । 

क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

शुक्रबार नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना नदेखिएको आएको स्वास्थ्य कार्यालय नेपालगन्जका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

१४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ देखिएका कारण बिहीबार घर पठाइएको थियो । घर फर्किएपछि उनलाई बिहीबार राती पेट दुखेपछि बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको गाउँदेखि गुलरियास्थित जिल्ला अस्पताल करिब २० किलो मिटर टाढा पर्छ ।

यसअघि क्वारेन्टाइनमा बसेका बेला २८ वर्षीय पतिराम थारु लडेर टाउकोमा चोट लागेपछि उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै बारबर्दियामा क्वारेन्टाइनमा बसेका अन्य दुई जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार ६, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?