कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तिनाउ खोला किनारमा बालकको शव फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलमा ८ वर्षीय बालकको शव फेला परेको छ । बुटवल ११ प्रगतिनगर बस्ने वर्ष ८ का राजेश परियार तिलोत्तमा ४ को तिनाउ खोला किनारमा शुक्रबार बिहान झण्डै ८ बजे गाडिएको अवस्थामा भेटिएका हुन् । बालकको मृत्यु शंकास्पद बनेको छ । 

बाबु र सौतेनी आमासँग बस्दै आएका उनी बिरामी परेका थिए । बिहान बालकका बाबु राजु परियारले रिक्सामा राखेर लगेको र अस्पताल नपुर्‍याइ खोला किनारमा जिउँदै गाडिदिएको गाउँलेले आरोप लगाएका छन् । प्रहरी घटनास्थल पुग्दा बाबुले जिउँदै गाडेको भनी उनलाई कुटपिट गर्न थालेपछि आफूहरुले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

'स्थानीयले लगाएको आरोप ठीक या बेठीक भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जानकारी हुन्छ,' उनले भने । मृत बालकका बाबुले भने अस्पताल लगेको र मृत्यु भएपछि ल्याएर गाडेको बताएका छन् । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित : असार ५, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?