कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्यूठानमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

प्यूठान — प्यूठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । बुधबार थप १८ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमित ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको हो ।

प्यूठानमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौमा बुधबार गरिएको परीक्षणमा प्यूठानका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुवेदीले बताए । यसअघि जिल्लामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

बुधबार पुष्टि भएका संक्रमित सबै २२ देखि ४४ वर्षका पुरुष छन । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना छन् ।

सबै जनालाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राख्ने तयारी गरेको सुबेदीले बताए । प्यूठानबाट स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएका ५४० जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित : असार ३, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?