२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गुल्मीमा आठमहिने शिशुलाई कोरोना

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीमा आठमहिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रेसुंगा नगरपालिका–४ मा आठमहिने शिशुमा संक्रमण देखिएको हो ।

गुल्मीमा आठमहिने शिशुलाई कोरोना

गुल्मीमा यीसहित संक्रमितको संख्या ५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख भवानीप्रसाद शर्माले बताए ।

आठमहिने शिशुसँगै उनकी १८ वर्षीय आमाको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको वडाध्यक्ष विजयकुमार मरासिनीले जानकारी दिए । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मरासिनीका अनुसार संक्रमित आमा र शिशुलाई तम्घासको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । ‘उनीहरू दुवैको स्वास्थ्य सामान्य छ । उनीहरूलाई विशेष ध्यान दिन्छौं,’ उनले भने । भारतको दिल्लीबाट आएपछि उनीहरू क्वारेन्टाइनमा बसेका थिए ।

प्रादेशिक जनस्वास्थ्य भैरहवाको प्रयोगशालाबाट बुधबार रेसुंगा नगरपालिकाका ९ र सत्यवतीका एकसहित १० जनाका संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : असार ३, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?