कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

क्वारेन्टाइनमा रहेकाको रुखमा पासो लगाएको अवस्थामा शव फेला

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–५ जलुकेको हरि माविको क्वारेन्टाइनमा एक व्यक्तिको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । ४५ वर्षीय देवबहादुर विक मृत भेटिएका हुन् ।

२५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनको आरडीटीमा पोजिटिभ रिपोर्ट आएको थियो ।

एउटै कोठामा बसेका ३ जना साथीलाई सुत्न लगाई विकले स्कुलपछाडिको रूखमा झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए । उनका अनुसार उनको पारिवारिक अवस्था दयनीय थिए । विकसँगै बसेका तीन जनामा पनि आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?