प्यूठानमा थप २० जनामा कोरोना संक्रमण

प्यूठान — प्यूठानमा एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार मंगलबार उनीहरुलाई कोरोना पुष्टि भएको हो । नौवहिनी गाउँपालिका ८ फोप्लीका ९ र ६ नम्बर वडा लुङका ५ सहित १४ जना छन् । 

प्यूठानमा थप २० जनामा कोरोना संक्रमण

गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिकामा २/२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए ।

नौवहिनीमा संक्रमित हुनेमध्ये एक जना उपचारका लागि भारत गएर फर्केकी ७३ वर्षीया वृद्धासमेत छिन् । उनी दीर्घरोगी रहेकाले स्वास्थ्य अवस्था गम्भीर रहेको नौबहिनी गाउँपालिकाले जनाएको छ । उनलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

नौबहिनीका सबै संक्रमित क्वारेन्टाइनमा बसेको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए । कोरोना पुष्टिपछि उनीहरुलाई अब कसरी बसाल्ने भन्नेबारे पालिकामा छलफल भइरहेको भण्डारीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५५ पुगेको छ ।

प्रकाशित : असार २, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?