दाङमा ४ स्वास्थ्यकर्मीसहित एकैदिन थपिए ४३ संक्रमित

संक्रमितको संख्या १८६ पुग्यो
दुर्गालाल केसी

दाङ — दाङमा सोमबार एकै दिन ४ स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सोमबार भएको स्वाब परीक्षणमा घोराहीका ४२ र बंगलाचुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाङमा ४ स्वास्थ्यकर्मीसहित एकैदिन थपिए ४३ संक्रमित

जसमध्ये ३६ पुरुष र ७ महिला छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।

घोराही उपमहानगरपालिकामा कार्यरत २ पुरुष र २ महिला स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ ।

बंगलाचुलीमा आइतबार मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु सबै भारतबाट आएका थिए । उनीहरुलाई फेरी खोजेर स्थानीय आइसोलेसनमा राखिएको नगर प्रमुख नरुलाल चौधरीले बताए ।


प्रतिष्ठानमा सोमबार १ सय २१ नमूना परीक्षण गरिएको थियो । प्रतिष्ठानमा हालसम्म ११ हजार ६ सय ७९ स्वाबका नमूना संकलन भएकोमा हालसम्म ६ हजार ७ सय ९० नमूना परीक्षण भएको उनले जानकारी दिए । त्यसमध्ये २ सय ७८को रिपोर्ट पोजिटिभ र ६ हजार ५ सय १२ को नेगेटिभ आएको छ । अझै ४ हजार ८ सय ८९ नमूना परीक्षणको प्रक्रियामा रहेको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताए ।

प्रकाशित : असार १, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?