कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विदेशबाट फर्किएर पेशा गर्नेका लागि कोष

बुटवल — प्रदेश सरकारले कोभिड १९ संक्रमणका कारण विदेशबाट घर फर्किका व्यक्तिले व्यवसाय र विभिन्‍न पेशा सञ्‍चालन गर्न चाहेकाले उनीहरुलाई सघाउन लघु , घरेलु तथा साना उद्योग कोष स्थापना गर्ने भएको छ । 

कोभिड संक्रमणका कारण विभिन्न मुलुकबाट फर्किएका व्यक्तिको सहभागितामा गरिएको सर्वेक्षणका आधारमा १० करोड रुपैयाँको यस्तो कोष स्थापना गर्न लागिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले बताएका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै कोषबाट सहुलियत ऋण प्रदान गरिने बताए ।

प्रकाशित : असार १, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?