प्रदेश ५ मा अस्पताल स्तरोन्‍नतीका लागि १५ करोड

बुटवल — प्रदेश सरकारले प्रदेशका पाँच वटा जिल्ला अस्पतालको स्तरोन्नतीका लागि १५ करोड रुपैयाँ विनियोजना गरेको छ ।

सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा मुख्यमन्त्री शंकर पोखरेलले पिछडिएको अवस्थामा रहेका जिल्लाका अस्पताललाई ५० शय्यामा विस्तार गर्न उक्त बजेट विनियोजना गरेको जानकारी गराएका हुन् ।

प्रदेश सरकारले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, पाल्पा र भैरहवाको भीम अस्पतालाई ५० शय्याको अस्पतालमा विकासित गर्न लागेको हो । साथै प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । यस बाहेक प्रदेशमा प्रयोगशाला वृद्धि र दाङको लमहीमा ट्रमा अस्पताल निर्माण गरिने पोखरेलले जनाए ।


प्रकाशित : असार १, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?