कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरबाट खस्दा सहचालकको मृत्यु

हरि गौतम

रुकुमपूर्व — टिपरबाट खस्दा एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–३, मा इँटा बोकेको टिपरबाट खस्दा रोल्पाको रुन्टीगढी गाउँपालिका–६ का अन्दाजी १८ वर्षीय चन्द्रबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । 

सिस्ने गाउँपालिका–४, मा बन्दै गरेको स्वास्थ्य भवनका लागि दाङबाट इँटा ल्याइरहेको रा १ ख १४३५ नम्बरको टिपरबाट शनिबार दिउँसो विक खसेका थिए । सहचालक विक टिपरलाई अघि बढ्न सजिलो बनाइदिनका लागि बिजुलीका तार र रुखका हाँगा मिलाउन छतमा उक्लेका थिए । त्यही क्रममा रुखका हाँगाले उनलाई खसाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनी भुइँमा खसेपछि टिपरको पांग्राले किचेको थियो ।

टिपर चालक घोराही उपमहानगरपालिका दाङका ४९ वर्षीय ओमप्रकाश घर्ती मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?