कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रदेश ५ मा ७ हजार ८ सय स्वाब थुप्रिए

अमृता अनमोल

बुटवल — संक्रमण बढ्दै गएपनि प्रदेश ५ मा कोरोना संक्रमण आशंकाका व्यक्तिको स्वास्थ्य जाँचको अनुपात बढाउन सकिएको छैन । जसले गर्दा पीसीआर जाँचका लागि लिइएका स्वाब प्रयोगशालामा थुप्रिएका छन् ।

प्रदेश ५ मा ७ हजार ८ सय स्वाब थुप्रिए

शनिबार मध्यान्हसम्म प्रदेशमा ७ हजार ७ सय ७७ स्वाब परीक्षणको पर्खाइमा छन् । तिनको नतिजा आउन कम्तीमा १० दिन लाग्ने छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रयोगशालाको क्षमता बढाउन नसक्दा स्वाब परीक्षणमा ढिलाइ भएको बताए । भौतिक र प्राविधिक तयारी चलीरहेकाले अब रुपन्देहीको भैरहवा र दाङमा छिटै दोब्बर क्षमताको बन्ने उनले जानकारी दिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभित्रका प्रयोगशालाले नधानेपछि पहिल्लोसमय स्वाब परीक्षण गर्न काठमाडौंसँगै गण्डकी प्रदेशको पोखरा र वागती प्रदेशको हेटौंडासमेत पठाउने गरिएको छ ।

तथ्यांक अनुसार दाङको राप्ती विज्ञान प्रतिष्ठानमा ३ हजार ९ सय ५३ वटा स्वाब थुप्रिएका छन् । प्रदेश प्रयोगशाला रुपन्देहीको भैरहवामा एक हजार २ सय १३ र भेरी अस्पताल बाँकेमा एक हजार ६३ स्वाबले पालो कुरेका छन् । यस्तै, प्रदेश बाहिर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ३ सय ६५ र पोखरा एवं हेटौंडामा ३ सय ८३ स्वाब परीक्षणको पर्खाइमा छन् ।

कोरोना संक्रमण थाहा पाउने सबैभन्दा भरपर्दो विधि पीसीआर हो । प्रदेशमा अहिलेसम्म २७ हजार ७३ को पीसीआर जाँच भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?