२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोल्पामा थप १७ जनामा कोरोना संक्रमण

काशीराम डाँगी

रोल्पा — रोल्पामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । बाँकेको भेरी अस्पतालमा शनिबार गरिएको परीक्षणमा थप १७ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३५ पुगेको हो ।

रोल्पामा थप १७ जनामा कोरोना संक्रमण

संक्रमितहरु रोल्पा नगरपालिका,सुनिलस्मृति गाँउपालिका,पूर्वी रोल्पाको सुनिलस्मृति र खुंग्रीका छन् ।

रोल्पा नगरपालिकामा भेटिएका संक्रमितहरुलाई लिवाङस्थित जलजला बहुमुखी क्याम्पसमा बनाइएको आइसोलेसन केन्द्रमा राखिएको छ ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन्। रोल्पामा अहिलेसम्म करिब १ हजार ५ सय मानिस भारतबाट आएकोमा सबै क्वारेन्टाइनमा छन् ।

यसअघि काठमाडौं र भारतबाट आएका करिब ९ हजारलाई कम्तीमा २ सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?