१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नहरमा डुबेर बालकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–३ बैसास्थित नहरमा डुबेर रोल्पा सुनछहरी गाउँपालिका घर भइ हाल पाल्पा तानसेन नगरपालिका ५ बस्दै आएका ११ वर्षीय आशिष पुनको मृत्यु भएको हो ।

मावली बज्यैको बितेपछि चोखिने कार्यक्रम रहेकाले आमासँग शुक्रबार मामाघर आएका बालक स्थानीय बालबालिकासँगै नहरमा नुहाउन जाँदा दिउँसो १२ बजे डुबेको थियो ।

बालक पानीमा डुबेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल कोहलपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक पुस्करराज जोशीले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?