कोरोना निको भएर दाङबाट ७ जना डिस्चार्ज

दुर्गालाल केसी

काठमाडौँ — कोरोना विशेष अस्पताल बेलझुण्डीबाट बुधबार थप ७ जना डिस्चार्ज भएका छन् । कोरोना निको भएर घर फर्कनेमा घोराही उपमहानगरपालिकाका ३ र लमही नगरपालिकाका ४ जना रहेका अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

कोरोना निको भएर दाङबाट ७ जना डिस्चार्ज

उनका अनुसार पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।

हालसम्म अस्पतालबाट ३२ जना डिस्चार्ज भएको र अहिले अस्पतालमा ३७ संक्रमितहरु रहेको शर्माले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?