२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

हरि गौतम

रुकुमपूर्व — आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यार्थीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ का ३१ वर्षीय हरिचन्द्र केसीलाई पक्रेको हो । केसी रुकुमपूर्व भूमे गाउँपालिका–९, को नेपाल राष्ट्रिय मावि चुनवाङका करार शिक्षक हुन् ।

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

गत वैशाख ६ गते सोही विद्यालयको कक्षा १२ की एक छात्राले झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटना भएको ४७ दिनपछि जेठ २१ गते छात्राको परिवारले पूरक जाहेरीको रुपमा आत्महत्या दुरुत्साहनको उजुरी गरेका थिए । त्यसअघि वैशाख ७ गते भवितव्य भएर आत्महत्या भएको जाहेरी गरिएको थियो । उजुरी परेपछि जेठ २५ गते शिक्षक केसीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।

जेठ २५ गते नै रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । शिक्षक र ती छात्राबीच मोबाइलमा भएको अडियो कुराकानीको आधारमा परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक गुरुङले बताए ।

अनुसन्धानकै सिलसिलामा मोबाइल फरेन्सीक जाँचका लागि काठमाडौं पठाइएको छ । शिक्षक र ती छात्राबीच प्रेम सम्बन्ध रहेको र छात्राको आत्महत्याको कारण शिक्षक नै रहेको किटानी जाहेरी परिवारले गरेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?