क्वारेन्टाइनमा रहेका युवकलाई सर्पले टोक्यो, एम्बुलेन्स नआउँदा रातभर झारफुक

रूपा गहतराज

नेपालगन्ज — बाँकेको एक क्वारेन्टाइनमा रहेका युवकलाई सर्पले टोकेपछि रातभर गुरुवाको भरमा झारफुक गरिएको छ ।

जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेको थियो ।

तत्काल अस्पताल लैजान एम्बुलेन्स बोलाउँदा नआएपछि उनलाई झारपुक गरेरै राखिएको वडाध्यक्ष मोहम्मद रजा राईले बताए ।

मंगलबार बिहान ८ बजे अस्पताल पुर्‍याइएका उनको अवस्था अहिले सामान्य छ । 'उनलाई विषालु सर्प करेतले टोकेको थियो,' वडाध्यक्ष राईले भने, 'क्वारेनटाइन्मा ३ पटक सर्प आइसकेको छ ।'

एम्बुलेन्सका लागि रातभर फोन गरे पनि कोही चालक आउन नमानेको उनको भनाइ छ । उनमा अनुसार गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख पनि राति सम्पर्कमा आएनन् ।

सो क्वारेन्टाइनमा जेठ ९ देखि १९ जना बसिरहेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?