कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा ३ घाइते

वीरेन्द्र केसी

अर्घाखाँची — कोरोना संक्रमित पुष्टि भएका ५ जनालाई खाँचीकोटबाट सन्धिखर्क आइसोलेसनमा ल्याउँदै गर्दा हिडिडाँडास्थित फर्जेङ खोलामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा ३ घाइते

खाँचीकोटको आदर्श माविबाट सदरमुकामतर्फ आउँदै गरेको लु १ ज ३५३५ नम्बरको एम्बुलेन्स ओरालो झर्दा चिप्लिएर सडकबाट खसेर घरमा अड्किएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था सामान्य छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?