कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९७ पुग्यो 

४ जनाको अवस्था चिन्ताजनक ५ जनाको मृत्यु 
अमृता अनमोल

बुटवल — प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार १ सय ९७ पुगेको छ । सोमबार मात्रै प्रदेशमा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९७ पुग्यो 

जसमा अर्घाखाँचीमा मात्रै ३१ जना थपिएका हुन् । कोरोनाका कारण प्रदेशमा ५ जनाको मृत्यु भएको छ । ४ जनाको चिन्ताजनक छ । उनीहरुको आईसीयूमा उपचार भइरहेको छ । प्रदेशका १२ वटै जिल्लाहरुमा कोरोना फैलिएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै कपिलवस्तुमा संक्रमण देखिएको छ । सोमबार साँझसम्म त्यहाँ ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २ सय ७१ र रुपन्देहीमा १ सय ३७ जनामा संक्रमण देखिएको छ ।

दाडमा ८०, बर्दियामा ६०,अर्घाखाँचीमा ३६, नवलपरासी पश्चिममा २१, प्युठानमा १२, पाल्पामा ९, गुल्मीमा ७, रोल्पामा र रुकुमपूर्वमा ३ / ३ जनामा कोरोना पेजिटिभ देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यहाँ अहिलेसम्म २३ हजार एक सय ३३ वटा स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५ हजार ८ सय ७६ जनाको नतिजा आउन बाँकी छ ।

प्रदेशमा ३ वटा प्रयोगशाला छन् । जसमा दाडको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ६ सय ७५ वटा स्वाब परीक्षणको पर्खाइमा छन् । रुपन्देहीमा रहेको प्रदेश प्रयोगशालामा एक हजार ३ सय ९२ र भेरी अस्पतालमा ७ सय ७ वटा स्वाब परीक्षण हुन बाँकी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि १ हजार १ सय २ स्वाब पठाइएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?