३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बर्दियामा थप १८ जनामा कोरोना पोजिटिभ

कमल पन्थी

बर्दिया — जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वास्थ्य परीक्षणमा सोमबार १८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ५९ पुगेको हो ।

बर्दियामा थप १८ जनामा कोरोना पोजिटिभ

जिल्ला स्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार बासगढीमा ९, मधुवनमा ४, ठाकुरबाबामा ३ र बारबर्दिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको बताए । संक्रमितहरुको उमेर ४ देखि ४० वर्षसम्मको छ ।

सोमबार संक्रमित भएकाहरु सबै क्वारेन्टाइनमा छन् । उनीहरु जिल्ला समन्वय समिति, बारबर्दिया, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा रहेको आइसोलेसन वार्डमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिकाका दुई कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि वडा नम्बर ६ सिल गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक हिम खत्रीले जनाए ।

प्रकाशित : जेष्ठ २६, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?