कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङबाट १० जना कोरोना संक्रमित डिस्चार्ज

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँके नरैनापुरका ५, दाङका २, कपिलवस्तुका २ र बर्दियाका १ जना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पतलाका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

दाङबाट १० जना कोरोना संक्रमित डिस्चार्ज

स्वास्थ्य मन्त्रालयको नयाँ कार्यविधिअनुसार १४ दिन आइसोलेसनमा बसेर लक्षण नदेखिएकालाई डिस्चार्ज गर्न सकिने भएकाले ५ जनालाई पुन: परीक्षण नगरी घर पठाइएको डा. शर्माले बताए । त्यस्तै ५ जनाको भने परीक्षणमा नेगेटिभ आएकाले डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

यसअघि अस्पतालमा रहेका आठ जना नेगेटिभ रिपोर्ट आएर घर पठाइएको थियो । अहिले अस्पतालमा ४५ जना संक्रमित बिरामी रहेको र अन्य पनि आउने क्रममा रहेको उनले जानकारी दिए । ‘अब लक्षण नदेखिएकालाई १४ दिनपछि घर पठाउन सकिन्छ । यसो गर्दा अस्पतालमा नयाँ बिरामी राख्न पनि सहज हुन्छ,’ उनले भने,‘आज मात्रै थप १५ बिरामी आउँदैछन् ।’

यसअघि अस्पतालले ५० बिरामी आएपछि शय्या भरिएको भन्दै थप बिरामी लिन मानेको थिएन । जसका कारण अहिले सबै स्थानीय तहले क्वारेन्टाइनलाई नै आइसोलेसनका रुपमा प्रयोग गरी संक्रमित राखिरहेका छन् । कतिपय स्थानीय तहले आफै आइसोलेसन कक्षहरु निर्माण गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?