कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बर्दियाको प्रजिअका सवारी चालकलाई कोरोना भाइरस संक्रमण

कमल पन्थी

बर्दिया — जिल्ला प्रशासन कार्यालय, बर्दियाका सवारी चालक कोरोना संक्रमित भएका छन् । ५५ वर्षीय संक्रमित प्रमुख जिल्ला अधिकारीका सवारी चालक हुन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीका अनुसार चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ ।

बर्दियाको प्रजिअका सवारी चालकलाई कोरोना भाइरस संक्रमण

उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर नेगेटिभ देखिएको सूचना अधिकारी अधिकारीले बताए । नयॉ प्रजिअ लिलाधर अधिकारीलाई उनले काठमाडौंबाट ल्याएका थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालयलाई सिल गरी १९ जनाको शनिबार पीसीआरका लागि स्वाब संकलन गरिएको छ । अन्यको आइतबार गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर रिर्पोट नआएसम्म सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । रिपोर्ट नआएसम्म कार्यालयको काम फोनबाट हुने भएको छ ।


प्रकाशित : जेष्ठ २४, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?