कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

निको भए गाउँपालिका अध्यक्ष

माधव अर्याल

पाल्पा — कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल निको भएका छन् । जेठ १२ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा बसेका पोखरेलको जेठ १८ गते पुन: स्वाब संकलन गर्दा नजिता नेगेटिभ आएको हो । उनको पहिलोपटक जेठ ८ गते पीसीआर प्रविधिबाट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

उच्च आत्मबल राखेमा कोरोनालाई जित्न सकिने उनले विज्ञप्तिमार्फत् जानकारी दिएका थिए । ३७ वर्षीय अध्यक्ष पोखरेल सेल्फ आइसोलेसनमा बसेको र चिकित्सकको नियमित सल्लाह लिएका थिए । अध्यक्ष पोखरेलसहित १ सय ५५ जनाको स्वाब संकलन गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समिति, राजनीतिक दल, जनप्रतिनिधि, गाउँपालिकाका पदाधिकारी, वडासदस्य, सुरक्षाकर्मी लगायतको पीसीआर विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए ।

यसअघि गुल्मीकै मदाने, पुर्कोट दहका बैंक कर्मचारी पनि कोरोना जितेर घर फर्किसकेका छन् । गुल्मीको तम्घासस्थित आइसोलेसनमा दुई जना छन् । यसअघि एक जनाको भने मृत्यु भएको थियो ।


प्रकाशित : जेष्ठ २४, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?