कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँके र बर्दियामा ४० जनामा कोरोना संक्रमण

रुपा गहतराज

काठमाडौँ — भेरी अस्पतालमा नेपालगन्जमा कोरोना परीक्षण गरिएका ४० जनामा कोरोना पुष्टि भएको छ ।

बाँके र बर्दियामा ४० जनामा कोरोना संक्रमण

बाँकेमा १२ जना र बर्दियाका २८ जना गरी शनिबार ४० जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्डेन्ट प्रकाश थापाले बताए । उपमहानगरमा एक जना र खजुरा गाउँपालिका-८ बैजनाथ गाउँपालिकामा ३ जना रहेका छन् ।

दिउँसो १ बजेसम्म गरिएको परीक्षणमा बाँकेका ३ वटा पालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका १ का ४१ वर्षीय महिला, बैजनाथ-गाउँपालिका ६ का ३८ र ३२ वर्षीय पुरुष तथा बैजनाथ गाउँपालिका २ का ३७ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी खजुरा गाउँपालिका ४ का एक महिलासहित ७ जना र खजुरा ५ का २२ वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?