२७ संक्रमित रुपन्देहीबाट डिस्चार्ज

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट शुक्रबार २७ बिरामी घर फर्किएका छन् । तीमध्ये १८ जना रुपन्देहीका र ९ जना कपिलवस्तुको रहेका अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । ती बिरामी आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि पठाइएको उनले बताए । 

२७ संक्रमित रुपन्देहीबाट डिस्चार्ज

'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त पत्रअनुसार पोजिटिभ केसलाई लक्षण नदेखिएको ३ दिन र आइसोलेसनमा भर्ना भएको १४ दिनपछि पुन : परीक्षण नगरी घर पठाउन भनिएको छ', उनले भने, 'यहाँबाट डिस्चार्ज भएका बिरामी घर गई थप १४ दिनजति सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छौं ।'

२७ डिस्चार्ज भएपछि अस्पतालमा ३ जनरल बेडमा र ३ आईसीयुमा उपचाररत छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?