२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नक्कली बिरामी बनेर एम्बुलेन्समा लागुऔषध

दुर्गालाल केसी

दाङ — ब्राउनसुगर ओसारपसार गरेको आरोपमा प्रहरीले बिहीबार तीन जनालाई पक्राउ गरेको छ । उनीहरूले तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्समा लागुऔषध ल्याएका हुन् ।

कोहलपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा१च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँका तिलक विक, घोराही उपमहानगरपालिका १३, बडहराका २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका–५ की १७ वर्षीया दीपा थापा छन् । उनीहरू नक्कली बिरामी बनेर कोहलपुर पुगी ब्राउनसुगर खरिद गरी फर्कने क्रममा पक्राउ गरिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए ।


प्रकाशित : जेष्ठ २३, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?