२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

दाङमा प्रहरी निरीक्षकमाथि कुटपिट

दुर्गालाल केसी

दाङ — इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि बिहीबार राति कुटपिट भएको छ । बबई गाउँपालिका–६ पञ्चकुले निवासी ४५ वर्षीयचित्रबहादुर डाँगी र उनका छोरा २७ वर्षीय हेमराज डाँगीले कुटपिट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

पञ्चकुलेस्थित भानुभक्त माविको क्वारेन्टाइन अगाडि मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडेका बाबुछोरालाई सम्झाइबुझाइ गर्ने क्रममा ढुंगा प्रहार गरी घाइते बनाएको प्रहरी निरीक्षक केसीले बताए । ढुंगा प्रहारबाट टाउकोमा चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेको उनले बताए ।

कुटपिट गर्ने बाबुछोरालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।


प्रकाशित : जेष्ठ २३, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?