३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पश्‍चिम नवलपरासीमा भएको छुट्टा-छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पश्‍चिम नवलपरासीमा भएको छुट्टा-छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–७ ज्यामिरेमा बुटवलतर्फ गइरहेको ना ७ ख ६९६३ नम्बरको बस र प्रदेश २–०३–००१ च ३१२ नम्बरको पिकअप एकापसमा ठक्कर खाँदो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका अनुसार दुर्घटनामा बसका सहचालक सुर्खेत वीरेन्द्रनगरका १७ वर्षीय विरेन्द्र रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका लागि परासी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक सुर्खेत वीरेन्द्रनगरका केशव श्रेष्ठ र पिकअपका चालक धुनुषा मिथिला–९ का कृष्णबहादुर बुढा घाइते भएका छन् । उनीहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईहेको प्रहरीले जनाएको छ ।

यसैगरी बिहीबार साँझ पश्चिम नवलपरासीको पाल्हीनन्दन–३ परसियामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार महेशपुर–परासी सडकखण्डको परसिया चोकमा पैदल हिँडिरहेका स्थानीय नाथुप्रसाद गुप्तालाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने फरार रहेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?