२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अंगिराका हत्या आरोपीको म्याद १० दिन थप 

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको देवदहकी अंगिरा पासीको शंकास्पद मृत्यु प्रकरणमा आरोपितको म्याद पुनः थप भएको छ । बिहीबार १० दिन थुनामा राख्ने म्याद थप भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले बताए । 

गत जेठ १० गते रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी अंगिराको जबरजस्ती करणीपछि हत्या गरिएको भनी आमा शान्तिले किटानी जाहेरी दिएपछि वीरेन्द्र भर, उनकी आमा अकाली र ठूलीआमा शीतली पक्राउ परेका छन् । यसअघि उनीहरुको जेठ १६ गते ७ दिनको म्याद थप भएको थियो ।


प्रकाशित : जेष्ठ २२, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?