१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पश्‍चिम नवलपरासीमा ८ जनालाई कोरोना संक्रमण

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा बुधबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं टेकुमा गरिएको पीसीआर परीक्षणका क्रममा पाल्हीनन्दन गाउँपालिकामा ७ र बर्दघाट नगरपालिकामा एक जनालाई संक्रमण पुष्टि भएको हो ।

पश्‍चिम नवलपरासीमा ८ जनालाई कोरोना संक्रमण

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर १६ का २४ वर्षीय युवा हुन् । उनी केहीदिन अगाडी भारतबाट आएका हुन् ।

यस्तै पाल्हीनन्दन गाउँपालिकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । वडा नम्बर ६का २० ,२१ र ३४ वर्षीय पुरुष र वडा नम्बर ४ र ३ का क्रमशः २९ र ३४ वर्षीय युवा, वडा नम्बर १ र २ का २१ र २५ वर्षीय युवक रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलरासीका प्रमुख गौरव ढकालले बताए ।

‘भारतबाट आएको प्रारम्भीक सूचना छ । अब हामी सबै संक्रमितको कन्ट्याक ट्रेसिङमा लागेका छौं,’ ढकालले भने,‘सबैभन्दा समस्या आइसोलेसनमा राख्‍नका लागि जिल्ला बाहिर लैजाने वा कहाँ लैजाने भन्ने अन्योल छ ।’

यस अघि जिल्लामा कुल ७ जनामा कोरोना पुष्टि भएको थियो । बर्दघाट र पाल्हीनन्दनमा भने आज पहिलो पटक संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?