१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बुटवल कोरोना अस्पतालमा स्वास्थ्यकर्मीसहित ४ जना संक्रमित निको भए

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट बुधबार थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेहरुमा ३ जना कपिलवस्तुका र १ जना अर्घाखाँची घर भई कोरोना विशेष अस्पताल बुटवलमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।

बुटवल कोरोना अस्पतालमा स्वास्थ्यकर्मीसहित ४ जना संक्रमित निको भए

वैशाख २९ गते अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

'१८ देखि २४ वर्षसम्मका पुरुष घर फर्किनुभयो,' उनले भने, 'उहाँहरुसहित गरी अहिलेसम्म १९ जनालाई निको बनाई घर पठायौं ।' बिरामीलाई निको भएर पठाउँदा खुसी लागेको र आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिने थापाले जनाए ।

यसअघि वैशाख ३० गते रुपन्देहीका १ , जेठ १० गते कपिलवस्तुका १० र जेठ १८ गते कपिलवस्तुका ३ र रुपन्देहीका १ गरी १५ जना घर फर्केका थिए । अस्पतालमा अहिले ३० जना जनरल वार्ड र ३ जना आईसीयूमा उपचाररत रहेको थापाले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?