प्यूठानमा पहिलो पटक देखियो कोरोना संक्रमण

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वर्गद्वारी नगरपालिका ४ भिगृस्थित अमर क्याम्पसको क्‍वारेन्टाइनमा बसेका ५९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनी जेठ १३ गते भारतको चेन्‍नाइबाट आएका हुन् । उनलाई सामान्य ज्वारो आएकाले जेठ १७ गते स्वाब निकालेर पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान दाङ पठाइएको थियो । 

प्यूठानमा पहिलो पटक देखियो कोरोना संक्रमण

अमर क्याम्पसका ३ जनाको स्वाब संकलन गरी पठाएकामध्ये १ जनाको मात्र कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा प्रमुख विशाल सुवेदीले जानकारी दिए । मंगलबार बेलुकाबाटै उनलाई नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायाले बताए । रोकायाकाअनुसार संक्रमण देखिएका पुरुषको स्वास्थ्य अवस्था सामान्य छ ।

जिल्लमा विभिन्न क्वारेन्टाइनमा बसेका ३२७ जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?