चट्याङले दुई महिलाको मृत्यु

माधव ढुंगाना

भैरहवा — खेतमा काम गरिरहेको बेला चट्याङ लागेर सोमबार रुपन्देहीमा दुई महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लुम्बिनी सांस्कृतिक नागरपालिका २ केवटलियाकी ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको मृत्यु भएको हो ।

चयनमतीको घरदेखि करिब ५ सय मिटर पर तरकारी बारीमा काम गरिरहेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

उनी सोमबार सवा १० बजे राष्ट्रपति निवास शितल निवास पुगेका थिए । शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सवा एक घन्टा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरलाई बताए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ गरेको अधिकारीले बताए ।

प्रधानमन्त्री ओ‌ली सेना परिचालनको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिसँग भेटवार्ता गरेको अड्कालबाजी गरिए पनि राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उक्त विषयमा कुनै छलफल नभएको बताए ।

सरकारले शनिबार रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×