देवदह हत्याकाण्ड छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

सन्जु पौडेल

तिलोत्तमा (रूपन्देही) — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले देवदह हत्याकाण्डको छानबिन गर्न निर्देशन दिएको बताएका छन् । उक्त प्रकरणमा छानबिन माग्दै सोमबार मुख्यमन्त्री कार्यालय पुगेको दलित मुक्ति संगठनको प्रतिनिधिमण्डललाई उनले यस्तो बताएका हुन् ।

देवदह हत्याकाण्ड छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

देवदहमा हत्या गरिएकी १३ वर्षीया अंगिरा पासीको परिवारलाई न्याय दिलाउन माग गरेको प्रतिनिधिमण्डलले जातीय विभेदलाई लिएर कर्णाली प्रदेशको रुकुम पश्चिममा भएको घटनाबारे पनि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको थियो । दुवै घटनामा ध्यानाकर्षण भएको जनाउँदै पोखरेलले भने, ‘देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।’

त्यस क्रममा तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीको समयमा मात्रै जातीय छुवाछुतका ३२ घटना भएकाले यसलाई अन्त्य गर्न सरकारले ठोस कदम चाल्नुपर्ने भनाइ राखे ।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?