कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाल्पामा पहिलो पटक कोरोना संक्रमण देखियो

माधव अर्याल

पाल्पा — पाल्पामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्‍वारेन्टाइनमा बसेका ३८ र ४० वर्षीय पुरुष गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

पाल्पामा पहिलो पटक कोरोना संक्रमण देखियो

उनीहरु हालैमात्र भारतबाट आएका हुन् । एक साता अघि तानसेन बतासेडाँडाको होल्डिङ क्‍वारेन्टाइनमा बसेका उनीहरुमध्ये माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको हो । रैनादेवी छहराको भने गाउँमै स्वाब लिइएको थियो ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राति या सोमबार बिहान आइसोलेसन कक्षमा ल्याइने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनीहरुलाई तानसेनको मिसन अस्पताल नजिकै निर्माण गरेको वृद्धाश्रम भवनको आइसोलेसन कक्षमा राखिने भएको प्रजिअ सुवेदीले बताए ।

एक जना माथागढीकै र दुई जना रैनादेवी छहराको क्‍वारेन्टाइनमा थिए । थप कन्ट्याक्ट ट्रेसिङ लगायतका काम सुरु भइसकेको छ । जिल्लामा पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म २ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षणका लागि भैरहवा पठाएपनि २ सय ५७ जनाको परीक्षण गर्दा तीन जना पोजिटिभ देखिएको हो भने अन्य १४ वटा रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?