कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका उनीहरुमा पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले स्वस्थ्य व्यक्ति सरह आहारविहार गरेका उनीहरुलाई आफ्नो समूदायमा गएर कोरोनाबाट बच्‍ने उपाय सिकाएर पठाएको बताए । ‘कुनै औषधीमूलो गरिएन,’उनले भने, ‘मात्र पोषणयुक्त खाना दिनको ४ पटक खुवाउने र शारीरिक तथा मानसिक स्वास्थ्यमा सजग गराउने काम गर्यौं ।’

उनीहरु कपिलवस्तु र रुपन्देहीका हुन् । अस्पतालमा ल्याएपछि उनीहरुको ३ पटक कोरोना परिक्षण गरिएको थियो । लगातार २ पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरीटेण्ट डा. राजेन्द्र खनालले बताए । उनीहरु घरमा गएपनि अरु व्यक्तिसंग घुलमेल हुन पाउनेछैनन् । ‘उहाहरु २ हप्ता होम क्वारेन्टाइनमा बस्नुहुनेछ,’ उनले भने,‘२ हप्तापछिको स्वाब परिक्षणमा नेगेटिभ देखिएपछि मात्रै सर्वसाधारण सरह घुलमेल हुनुहुनेछ।’

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का २ जना वैशाख ३० गते अस्पताल आएका थिए । उनीहरु दुवैजना भारतको मुम्बईबाट वैशाख १३ गते कपिलवस्तु आएका थिए । कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाका युवा वैशाख ३० गते अस्पताल आएका थिए । उनी वैशाख १४ मा भारतको दिल्लीबाट आएका थिए । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवा वैशाख २९ मा अस्पताल ल्याइएका थिए । उनी पनि भारतबाको मुम्मइबाट आएका थिए ।

बुटवलको कोरोना अस्पतालमा अब ३२ जना बिरामी छन् । त्यसमध्ये एक जना आईसीयुमा छन् । अन्य सामान्य छन् । अहिलेसम्म १५ जना संक्रमित निको भएर गएका छन् । अस्पतालका मेसु खनालले अब लक्षण नदेखिएका र सामान्य प्रकृतिका कोरोना संक्रमितलाई भर्ना नगर्ने बताए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?