कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलबाट थप ४ संक्रमित निको भएर घर फर्किए

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित आइतबार कोरोना विशेष अस्पतालबाट ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरूमध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीका हुन् ।

बुटवलबाट थप ४ संक्रमित निको भएर घर फर्किए

वैशाख २९ र ३० गते अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

'१५ देखि ४० वर्षसम्मका पुरुष घर फर्किनुभयो', उनले भने, 'अहिलेसम्म १५ जनालाई पठायौं । बिरामीलाई निको भएर पठाउँदा खुसी लागेको र आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिने थापाले जनाए ।

यसअघि वैशाख ३० गते रुपन्देहीका १ र जेठ १० गते कपिलवस्तुका १० जना घर फर्केका थिए । अस्पतालमा ३१ जना जनरल वार्ड र १ जना आइसीयूमा उपचाररत रहेको उनले बताए । प्रदेश ५ मा हालसम्म ५२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?